नेपाली सांगीतिक छेत्रमा नयाँ पाहिला -सायास रावलको ” बानी बदलियो ” सार्वजनिक( भिडियो)

0
69

स्वरका धनी सायस रावलको नयाँ गीत बदलियो बानी सार्वजनिक भएको छ । पहिले पनि २ वटा गीत श्रोता माझ ल्याएका रावलले अाफ्नो नयाँ प्रस्तुति युट्युबमा सार्वजनिक गरेका हुन् ।वि.सं. २०५२ साल माघ २३ गते अछाम जिल्लामा जन्मिएका रावलको कैलालीको टिकापुरमा घर भएता पनि उनी हाल काठमाडाैँमा बसेर संगित साधना गरिरहेका छन् । वि.सं. २०७३ सालमा अाफ्नो पहिलो सोलो गीत ” न अाइज याद ” शिर्षकको गीत निकालेका थिए । जुन गीतले त्यो समयमा श्रोताको जिब्रोमा बास बस्न सफल भएको थियो ।

अाफ्नो रूचि अनि कलालार्इ गीत क्षेत्रमा समर्पित गरेका रावलले ” न अाइज याद ” पछि उनले “हेरेर तिमिलार्इ, कोसिश त गरेकै हो ” बोलका गीत समेत युट्युबमा सार्वजनिक गरिसकेका छन् ।

नेपाली संगीतलार्इ माया गर्ने स्वरका धनी रावल अनलार्इन नेपालगञ्जसँग कुरा गर्दै भन्छन् , ” दर्शकहरूको माया तथा हाैसलाले नै हामी कलाकारहरूको सांगीतिक यात्रा सफल हुन्छ । अाशा छ यो नयाँ गीतमा पनि दर्शकहरूले पुरानै न्यानो साथ दिनु हुनेेछ । “

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here